३२ बर्षिय गैरे वने नेकपा स्याङ्जाको अध्यक्ष, प्रदेश सांसद सचिव ।

राधाकृष्ण डुम्रे/स्याङ्जा,
नेकपा एमाले र माओबादी केन्द्र एकता पश्चात बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जाको पहिलो अध्यक्षको रुपमा सुर्य प्रसाद गैरे पारस चयन हुनु भएको छ । पुर्व एमाले र माओबादी केन्द्रको भाग बण्डामा स्याङ्जा जिल्लाको नेतृत्व माओबादी केन्द्रलाई परे सगै ३२ बर्षिय गैरे अध्यक्षमा चयन हुनु भएको हो ।

गल्याङ नगरपालिकामा ९ मा २०४३ साउन ३ गते जन्मनु भएका गैरे १५ बर्षको उमेरमा माओबादी शसस्त्र द्धन्दमा होमिनु भएको थियो । १२ बर्षे उमेरमा अनेरास्वबियु (क्रान्तिकारी )सदस्य बन्नु भएका गैरे २२ महिना सेनाको हिरासद र १४ महिना जेल बस्नु भएको थियो । तत्कालिन माओवादी केन्द्र स्याङजाको संयोजक वा अध्यक्षले पार्टीको नेतृत्व गर्ने सहमती अनुसार एकता पश्चात पहलो नेतृत्व गर्ने अवसर गैरेले पाउनु भएको हो । गैरे गत निर्वाचनमा स्याङ्जा क्षेत्र नं २ को ख बाट काग्रेस उम्मेदवार भगवत प्रकाश मल्लसगँ पराजित हनु भएको थियो ।
त्यस्तै नेकपाको जिल्ला सचिबमा पुर्व एमालेका अध्यक्ष मिन बहादुर गुरुङ् चयन हुनु भएको छ । २०३६ सालमा अनेरास्वबियु (पाचौ)को पहिलो अध्यक्ष बन्नु भएका ५४ बर्षिय गुरुङ् पार्र्टी एकता पश्चात पहिलो सचिब बन्ने अवसरमा पाउनु भएको हो ।
पुतलिबजार—९ कोल्मामा जन्मनु भएका गुरुङ् तत्कालिन नेकपा एमालेबाट गाउँ कमिटि सदस्य, इलाका अध्यक्ष, जिल्ला सदस्य, जिल्ला उपाध्यक्ष हुदै जिल्ला अध्यक्ष बन्नु भएको थियो । क्षेत्र नं १ को ख बाट गण्डकी प्रदेश सभाका लागि सदस्य रहनु भएको छ । नवनियुक्त सचिव गुरुङ् नेपाल रेडक्रस सोसाइटीको जिल्ला शाखाको सभापति समेत बनि सक्नुभएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


