भियतनामका पूर्व राष्ट्रपतिको निधन
हनोई / भियतनामका पूर्व राष्ट्रपति जनरल ली डक आन्हको ९९ वर्षको उमेरमा सोमबार निधन भएको छ । जनरल लीको नेतृत्वमा कम्बोडियामाथि सन् १९७८ मा भएको आक्रमणकै कारण विवादास्पद खमेर रुजको शासनसत्ता पतन भएको थियो ।
दक्षिण भियतनाममा अधिकांश समय बिताएका जनरल ली भियतनामलाई उपनिवेश बनाएको फ्रान्स र अमेरिकी सैनिक विरुद्धको भिषण युद्धमा सहभागी हुनुभएको थियो ।
जनरल ली सन् १९९२–१९९७ सम्म भियतनामको राष्ट्रपति हुनुभएको थियो । उहाँकै शासनकालमा भियतनामले आर्थिक उदारीकरण अपनाउँदै आर्थिक वृद्धिलाई तिब्र बनाएको थियो ।
भियतनाम युद्धपछि सन् १९९५ मा उहाँ पहिलोपटक राष्ट्राध्यक्षका रुपमा राष्ट्रसंघको बैठकका निम्ति अमेरिकाको भ्रमणमा जानु भएको थियो । भियतनाम युद्धपछि कोही पनि भियतनामी सरकार वा राष्ट्रप्रमुख अमेरिका भ्रमणमा गएका थिएनन् ।
उहाँले दक्षिण भियतनामको राजधानी साइगोनलाई अमेरिकी सेनाबाट मुक्त गर्ने उपकमान्डरका रुपमा भूमिका निर्वाह समेत गर्नुभएको थियो । सन् १९७८ मा कम्बोडियामा आक्रमण गरी पोलपोटलाई सत्ताच्यूत गराउन अहम् भूमिका खेलेका कारण उहाँलाई “कम्बोडियाको बाघ” का रुपमा पनि सम्झने गरिन्छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


