भियतनामका पूर्व राष्ट्रपतिको निधन

हनोई / भियतनामका पूर्व राष्ट्रपति जनरल ली डक आन्हको ९९ वर्षको उमेरमा सोमबार निधन भएको छ । जनरल लीको नेतृत्वमा कम्बोडियामाथि सन् १९७८ मा भएको आक्रमणकै कारण विवादास्पद खमेर रुजको शासनसत्ता पतन भएको थियो ।
दक्षिण भियतनाममा अधिकांश समय बिताएका जनरल ली भियतनामलाई उपनिवेश बनाएको फ्रान्स र अमेरिकी सैनिक विरुद्धको भिषण युद्धमा सहभागी हुनुभएको थियो ।
जनरल ली सन् १९९२–१९९७ सम्म भियतनामको राष्ट्रपति हुनुभएको थियो । उहाँकै शासनकालमा भियतनामले आर्थिक उदारीकरण अपनाउँदै आर्थिक वृद्धिलाई तिब्र बनाएको थियो ।
भियतनाम युद्धपछि सन् १९९५ मा उहाँ पहिलोपटक राष्ट्राध्यक्षका रुपमा राष्ट्रसंघको बैठकका निम्ति अमेरिकाको भ्रमणमा जानु भएको थियो । भियतनाम युद्धपछि कोही पनि भियतनामी सरकार वा राष्ट्रप्रमुख अमेरिका भ्रमणमा गएका थिएनन् ।
उहाँले दक्षिण भियतनामको राजधानी साइगोनलाई अमेरिकी सेनाबाट मुक्त गर्ने उपकमान्डरका रुपमा भूमिका निर्वाह समेत गर्नुभएको थियो । सन् १९७८ मा कम्बोडियामा आक्रमण गरी पोलपोटलाई सत्ताच्यूत गराउन अहम् भूमिका खेलेका कारण उहाँलाई “कम्बोडियाको बाघ” का रुपमा पनि सम्झने गरिन्छ ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…