आईपिएम कृषक पाठशाला समापन

IPM ward- 10

आँधीखोला खवर स्याङजा,
एकीकृत शत्रु जीव ब्यवस्थापन (आईपिएम) कृषक पाठशालाका सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको छ ।

वालिङ नगरपालिका १० नं. वडा कार्यालयको आर्थिक सहयोगमा ग्रहौंकालिका आईपिएम कृषक पाठशालाको आयोजनामा काउली बालीसम्बन्धी कार्यक्रमको समापन गरिएको हो ।

समापन समारोहमा बोल्दै वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले कृषि अभियानलाई एउटा आन्दोलनकोरुपमा अगाडि बढाउन आग्रह गर्दै यस आन्दोलनलाई प्रत्येक घर घरमा पु¥याउन आवश्यक रहेको बताउनुभयो ।

“कृषकहरुले उत्पादन गरेका कुनैपनि बस्तु बजारको अभावमा फाल्नुपर्ने अवस्था आउन दिंदैनौं” नगर प्रमुख खाँणले भन्नुभयो, “तपाईहरुले उत्पादन गर्नुहोस् त्यसको बिक्रीका लागि वडा तथा नगरपालिकाले संकलन केन्द्र स्थापना गरी त्यहीँमार्फत खरिद बिक्री गर्छौं ।”

आईपिएम पाठशालामा सहभागी कृषकहरुले कृषि कार्यसँगै बोल्ने कला तथा आफ्नो ब्यक्तित्व विकास पनि भएकोमा नगर प्रमुख खाँणले खुसी ब्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा अध्यक्ष अनन्तराज गैह्रैले वडाभित्र रहेका बाझो जमिनहरुलाई क्रमशः खेतियोग्य बनाउनकालागि प्रेरित गर्ने बताउनुभयो ।

कार्यक्रममा समाजसेवी जगदिशप्रसाद गैह्रे, कृषि शाखा प्रमुख केशबहादुर थापा, वडा सचिव दिपेन्द्र गैह्रे, आईपिएम सहजकर्ता लालप्रसाद पंगेनी, कृषि प्राविधिक गीता खनाल, हुमकान्ति खनाल, रेनुका राना लगायतले आईपिएम कृषक पाठशालाको महत्व र उपयोगिताकाबारेमा बोल्नुभएको थियो ।

Facebook Comments Box
TOP