छैठौं स्याङ्जा महोत्सव तयारी पुरा, आजदेखि सुरु हुँदै ।
भवानी अधिकारी/स्याङजा :
पुस ४ देखि १६ गतेसम्म संचालन हुने छैठौं स्याङ्जा महोत्सव तयारी पुरा भएको छ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा पुतलीबजार नगरपालिका १ खेल मैदानमा शुक्रवारदेखि प्रदेश स्तरीय महोत्सव गरिन लागेकोे हो ।
“स्याङ्जा महोत्सवको आधार–कृषि, पर्यटन नै आर्थिक विकासको पूर्वाधार” भन्ने मुलनारा सहित छैटौ महोत्सव हुने भएको हो । महोत्सवका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भैसकेको संघका अध्यक्ष बिक्रान्तकुमार श्रेष्ठ सुवर्णले जानकारी दिनुभयो ।
१३ दिन सम्म संचालन हुने महोत्सवमा आठ करोडको ब्यापार हुनुका साथै ३ लाख ५० हजार आन्तरिक र बाह्य पर्यटकले अबलोकन गर्ने श्रेष्ठले बताउनुभयो । महोत्सबमा एक करोड १५ लाख १० हजार आम्दानी गर्दै ६५ लाख ५० खर्चगरी बचत रकमलाई सामाजिक कार्य स्याङ्जा बजारमा सिसी क्यामेरा जडान जस्ता क्षेत्रमा खर्च गरिने श्रेष्ठले बताउनुभयो ।
कृषि र पर्यटनलाई प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा जिल्लाका पर्यटकीय क्षेत्रको अवलोकन, बृहत कृषि प्रदर्शनी, बिद्यालय स्तरिय नृुत्य, भलिबल, दोहोरी प्रतियागिता, रत्यौली महोत्सबका आकर्षण रहनेछन । दुई सय स्टल सहित महोत्सब स्थलमा मंच, स्टल, बाल उद्यान लगायतका सबै रहेका छन ।
महोत्सवको उदघाटन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं ग्लोवल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकालले गर्नुहुने भएको छ । शुक्रवार बिहान ११ देखि शिक्षा चोकबाट बाजागाजा सहित झाँकी रयालीले नगर परिक्रमा गरी खेलमैदानमा पुगेर उदघाटन कार्यक्रममा सहभागी हुने संघले जनाएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


