एक हजार ८१ शाखा अधिकृतको खुल्यो विज्ञापन, दरखास्त कहिलेसम्म ? (सूचनासहित)

काठमाडौं, २५ मंसिर । लोकसेवा आयोगले एक हजार ८१ जना शाखा अधिकृतका लागि विज्ञापन खुलाएको छ ।

आयोगको नियमित कार्यतालिका अनुसार आज (बुधबार) गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गर्दै खुल्ला तथा बढुवातर्फ गरी विज्ञापन प्रकाशित गरेको हो ।

पुस २९ गतेसम्म दरखास्त दिन आयोगले सूचनामार्फत जनाएको छ । गत बर्ष भन्दा बढी संख्यामा विज्ञापन खुलाएको आयोगले प्रशासनतर्फ बढुवा र खुल्लातर्फ धेरै संख्यामा आवेदन माग गरेको छ ।

आयोगको सूचनाअनुशार विभिन्न सेवा समूह गरी सात सय ६२ खुल्ला र बढुवा तर्फ तीन सय १९ गरी एक हजार ८१ जना रहेको छ ।
हेर्नुस् सूचना

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP