उपकारको अध्यक्षमा बगाले निर्बाचित,प्रत्यासी गुरुङले पोखे आक्रोस ।
आँधीखोला खबर/स्याङ्जा :
उपकार बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा भरत प्रसाद बगाले निर्बाचित हुनु भएको छ । गण्डकी प्रदेश कै नमुना मानिने उपकारको २७ औँ साधारण सभा तथा ८ औँ अधिवेसनबाट बगाले सहमतीय आधारमा अध्यक्षमा निर्बाचित हुनु भएको निर्बाचन समितिका संयोजक गुरुदत्त सुबेदीले जानकारी दिनुभयो ।

अध्यक्षमा उमेद्वारी दिएका जगदिश प्रसाद गैह्रे,गीरमान गुरुङ,शिबलाल डुम्रे र रेशमलाल कोईरालाले उमेद्वारी फिर्ता लिए पछि बगालेलाई अध्यक्ष हुने बाटो खुलेको हो ।
नबगठित समितिको उपाध्यक्षमा लक्ष्मपति पौडेल निर्बाचित हुनु भएको छ । उहाँलाई उपाध्यक्षका अर्का उमेद्वार भोजराज गुरुङले सहमतीका आधारमा समर्थन गर्दै उमेद्वारी फिर्ता लिनु भएको बताईएको छ ।
त्यस्तै सचिबमा यज्ञ प्रसाद अधिकारी र कोषाध्यक्षमा गोकर्ण भट्टराई (चापाकोट) निर्बाचित हुनु भएको छ । समितिका सदस्यहरुमा नारायण प्रसाद रेग्मी,दुर्गा न्यौपाने, रुपा आले थापा, तारा तिवारी, पबन बस्याल र राजकुमार गैह्रे निर्बाचित हुनु भएको छ ।
त्यस्तै लेखा सुपरिबेक्षण समितिको संयोजकमा सागर गैह्रे र सदस्यमा नारायण प्रसाद गौडेल निर्बाचित हुनु भएको छ भने एक सदस्य भने खाली रहेको निर्बाचन समितिले जनाएको छ ।
त्यस्तै ऋण उपसमितिमा घनश्याम पाठक र सुमन कल्याण अर्याल चयन हुनु भएको निर्बाचन समितिका संयोजक गुरुदत्त सुबेदीले जानकारी दिनुभयो । निर्बाचनमा १९ पदका लागि ४९ जना प्रतिस्पर्धामा रहे पनि सहमतीका आधारमा नयाँ समिति चयन गरिएको सहकारीले जनाएको छ ।
अध्यक्षमा निर्बाचित भरत प्रसाद बगालेले उपकार सहकारीको बिभिन्न पदमा बसे.र यसअघि नै काम गरिसकेको बताउनु भएको छ । लामो समय शिक्षण पेशामा आबद्ध बगाले शिक्षक संगठनमा रहेर समेत काम गर्नु भएको थियो । त्यस्तै उपाध्यक्षमा निर्बाचित लक्ष्मीपति पौडेल यसअघि पनि उपाध्यक्ष नै रहनु भएको बताईएको छ ।
यसैबीच अध्यक्षका उमेद्वार गिरमान गुरुङले राजनीतिक हस्तक्षेपबाट समिति निर्माण गरिएको आरोप लगाउनु भएको छ । अध्यक्ष पदमा दिएको उमेद्वारी फिर्ता लिए सँगै फेसबुकमा स्टाटस लेख्दै गुरुङले शेयरधनीहरुको अधिकार कुण्ठीत गरिएको आरोप लगाउनु भएको हो । उहाँले स्टाटसमा लेख्नु भएको छ,
“उपकार सहकारीको अधिबेशन (निर्बाचन)मा नेकपा र नेकाँ को हस्तक्षेप, उमेदवार र सेयरधनि माहानुभावको अधिकार कुण्ठित गर्दै समितिको घोषणा ।”

नेकपाका स्थानीय नेता समेत रहनु भएका गुरुङ लामो समय देखि उपकार सहकारीमा आबद्ध रहदै आउनु भएको थियो ।
२०५० सालमा स्थापना भएको सहकारीले वालिङ नगरपालिकाको वालिङ बजार, बायँटारी, कालीगण्डकी गाउँपालिकाको मिर्मी र चापाकोट नगरपालिकाको दामाचौरमा गरी ४ वटा सेवाकेन्द्र सञ्चालन गरिसकेको छ । सहकारीले वालिङमा आप्mनै भवन निर्माण गरी सेवा प्रवाह गर्दै आएको छ भने गण्डकी प्रदेशमै नमूना सहकारीका रुपमा स्थापित भएको संस्थाको दावी छ । वालिङ, गल्याङ, भीरकोट, चापाकोट गरी चार नगरपालिका र कालीगण्डकी तथा बिरुवा गाउँपालिकाका साथै हरिनास गाउँपालिकाका केही भागसम्म कार्यक्षेत्र विस्तार गरेको सहकारीमा ६ हजार ४ सय ४१ शेयर सदस्य रहेका छन् ।
महिला ३ हजार ७२ र पुरुष ३ हजार ३ सय ५९ गरी ६ हजार ४ सय ४१ सेयर रहेका हुन् । यो असार मसान्तसम्म शेयर पूँजी रु.६ करोड ४४ लाख ४७ हजार ७ सय रहेको छ भने निक्षेप रु. ४६ करोड १३ लाख ६६ हजार ४ सय ३५, ऋण लगानी रु.५४ करोड १९ लाख ७२ हजार ४ सय ३५ र कूल कारोवार रु.७० करोड ४४ लाख ७८ हजार ८ सय ७४ गरेको समेत सहकारीले जनाएको छ ।
समाचार
थप सामाग्री-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
१ महिना अगाडि
स्याङ्जा : युगीन विचार, अभिव्यक्ति तथा लेखकीय स्वतन्त्रताप्रति प्रतिबद्ध सिर्जनशील नेपाली स्रष्टाहरुको गौरवशाली साझा संस्थाको रूपमा स्थापित नेपाली लेखक संघ…


