कास्की २ मा विद्यालाई उम्मेदवार बनाउने नेकपाको निर्णय !
प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा हुने उपचुनावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विद्या भट्टराईले उम्मेदवार बनाउने भएको छ ।
उपचुनावका उम्मेदवारहरु छनोटका लागि शनिबार नेकपा सचिवालयको बैठक बसेको थियो । झण्डै तीन घन्टासम्म चलेको बैठकमा उपचुनावका लागि क्षेत्र, जिल्ला र प्रदेशबाट आएका नामहरुबारे छलफल भएको थियो ।
स्रोतका अनुसार कास्की २ मा विद्यालाई उम्मेदवार बनाउन सचिवालयका सबै सदस्य सहमत भएका छन् । ‘कास्की २ मा भट्टराईलाई उम्मेदवार बनाउने कुरा भएको छ । अरु सबै उम्मेदवारको टुंगो लगाएपछि एकसाथ घोषणा हुनेछ ।’
को हुन् विद्या ?
ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी तत्कलीन पर्यटनमन्त्री रवीन्ऽ अधिकारीको निधन भएपछि मंसिर १४ मा कास्की २ मा उपचुनाव हुन लागेको हो ।
नेकपाकी उम्मेदवार विद्या दिवंगत नेता अधिकारीकी पत्नी हुन् । तत्कालीन एमालेको विद्यार्थी आन्दोलनमा सक्रिय विद्या अखिलको सचिवसम्म भइसकेकी थिइन् । त्यसबेला रवीन्द्र महासचिव थिए । रवीन्द्रसँग विवाह गरेपछि भने विद्या अखिल नेपाल महिला संघ हुँदै सक्रिय राजनीतिबाट टाढिइन् । पछिल्लो समय आरआर क्याम्पस काठमाडौंकी उपप्राध्यापक पदमा कार्यरत थिइन् ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


