पाँच थान किताव दाईजो दिएर छोरीको विहे ।
तपाईंले आफ्नी छोरीको विहेमा के दाइजो दिनुभयो ? मागेजति दाईजो नपाएका कारण चेलिबेटी मारिएका समाचार बाक्लै सुनिन्छ । एक विद्वान पिताले छोरीको बिहेमा आफूले लेखेका ५ वटा पुस्तक दाइजोका रुपमा छोरीलाई समर्पण गरेर बिहे कार्य सम्पन्न गरेका छन् ।

बुटवल तिलोत्तमा ८, मणिग्राम ४ शब्दपथ निवासी साहित्यकार तथा प्राध्यापक डा. मुरारी पराजुली तथा श्रीमती गीता पराजुलीले आफ्नी छोरी अस्मिता पराजुलीको पाल्पा, मदन पोखरा निवासी पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभा संसद्का सांसद् सोमप्रसाद पाण्डेय तथा श्रीमती स्व. रुक्मिणी पाण्डेयका पुत्र अचलराज पाण्डेयकाबीच सुसम्पन्न बिहे समारोहमा दाइजोरहित बिहे कार्यक्रममा कविता र पुस्तक दाइजो दिएका हुन् ।

उक्त विवाह समारोहमा वरपक्षलाई कुनै पनि नगद एवं जिन्सी दाइजो नदिई वधूका पिताले छोरीज्वाइँलाई फ्रेममा राखिएको कविता वाचन गरी आफूलिखित पुस्तक उपहार दिएका थिए । सम्धीहरुलाई टीका, एकएक वटा गुलाफका फूलसहित दोसल्ला ओढाएर तथा जन्तीहरुलाई टीका र फूल समर्पण गरेर विदाइ गरिएको थियो ।
सो वैवाहिक कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपाका महासचिव विष्णु पौडेल तथा ५ नम्बर प्रदेशका मन्त्री, सांसद् तथा साहित्यकारहरुको उपस्थिति रहेको थियो । (नेपाल आजबाट)

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


