ओमानसँग नेपालको लज्जास्पद हार
ओमानमा जारि पाँच देश सम्मिलित टि-२० प्रतियोगिता अन्तर्गत नेपाल ओमान विरुद्दको आजको खेलमा ६ विकेटले पराजित भएको छ।
खेलमा टस हारेर ब्याटिङ्गको निम्तो पाएको नेपाल ११ ओभरमा सबै विकेट गुमाउँदै केवल ६४ मात्रै जोड्न सक्यो। टि-२० क्रिकेटमा आफ्नो दोश्रो कम योगफल बनाएको नेपाललागि आरिफ शेखले सर्वाधिक २०, दिपेन्द्र ऐरीले ११, रन बनाउँदा अन्य ब्याट्सम्यान चल्न सकेनन्।
जबाफमा ६५ रनको झिनो रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको ओमानको पनि सुरुवात राम्रो हुन सकेन। चुस्त नेपाली बलिङ्ग तथा फिल्डिङ्गसामु झिनो रनको लक्ष्य ओमानले ११.५ ओभरमा ४ विकेटको क्षतीमा ६५ रन बनाउँदै भेट्टाएको थियो। उसका लागि सुरज कुमारले ३० बलको सामना गर्दै ४२ रन बनाए।
नेपालका लागि करण केसीले ४ ओभरमा रन खर्चिदैँ २ विकेट लिँदा सन्दीप लामिछानेले २३ दिँदै १ सोमपाल कामीले २ ओभरमा ७ रन दिदैँ १ विकेट हात पारे ।
यो हार सँगै नेपालले प्रतियोगिताको ४ खेलबाट २ जित २ हार निकालेको छ। नेपालले हङकङ र नेदरल्याण्डलाई समान ४ विकेटले पराजित गरेको थियो भने आयरल्याण्डसँग १३ रनले पराजित हुन पुगेको थियो।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


