करण केसीको अलराउण्ड प्रदर्शनले नेपालको रोमाञ्चक जित
करण केसीले अन्तिम ओभरमा आवश्यक १७ रन बनाउँदै नेपाललाई नेदरल्याण्ड बिरुद्ध ४ विकेटको जित दिलाएका छन्। उनले ४ विकेट पनि लिएका थिए। अलराउण्ड प्रदर्शन गरेका करणले ३.३ ओभरमा १७ रन खर्चिंदै ४ विकेट लिएका थिए।
ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो दोस्रो खेलमा नेपालले जितेको हो । पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो।
करणले १४ बलको सामना गर्दै ३१ रन बनाएका थिए। उनले ३ छक्का र १ चौका प्रहार गरेका थिए।
नेपालले टस जितेर नेदरल्याण्डलाई ब्यटिङका लागि निम्त्तयाएको थियो। नेदरल्याण्ड १९.३ ओभरमा सबै विकेट गामउँदै १ सय ३३ रन बनाएको थियो। नेपालका लागि सन्दिप लामिछानेले ४ ओभरमा २० रन खर्चिंदै ४ वेकट लिएका थिए। नेदरल्याण्डका म्याक्स ओडोडले ४३ रन बनाएका थिए।
नेपालका लागि कप्तान पारस खड्काले ४१ बलमा ३३ रन बनाएका थिए। त्यसगरि बिनोद भण्डारीले २६ रनको योगदान दिएका थिए। नेदरल्याण्डका लगि भान डर मर्वले २ विकेट लिएका थिए।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


