गण्डकी प्रदेश : सार्वजनिक कार्यक्रममा खादा र माला प्रयोगमा रोक !
पोखरा । प्रमुख अथिति, अतिथि ढिला गरी कार्यक्रममा पुग्ने । जति नै ढिला भए पनि गला नै छोपिने गरी माला, खादाले स्वागत । त्यसपछि पनि लम्बेतान आसन ग्रहण र भाषणको श्रृंखला । सरकारी होस् कि कुनै संघसंस्थाको कार्यक्रम होस्, यस्तै दृश्य देख्न पाइन्छ । मुख्यमन्त्री/मन्त्रीदेखि नेतासम्म धेरै जसो समय यस्तै कार्यक्रममा सहभागी हुँदा दिनै बित्छ ।

तर, गण्डकी प्रदेशले भने कार्यक्रमलाई छरितो बनाउने भएको छ । यसका लागि सार्वजनिक निकायको औपचारिक बैठक तथा समारोह सञ्चालन सम्बन्धी निर्देशिका नै बनेको छ । यसले प्रदेश सरकार र मातहतका कार्यालयको कार्यक्रम समयमा हुनुपर्ने मात्र भनेको छैन, सामाजिक संस्थालाई पनि दिशानिर्देश गरेको छ ।
निर्देशिकाअनुसार स्वागत र सम्मान गर्दा खादा, माला, अबीर एकसाथ लगाउन नपाइने भएको छ । ‘भरसक यस्ता कुरा प्रयोग नै नगर्ने भनेका छौं । गर्नै परे कुनै एकमात्र प्रयोग गर्ने निर्देशिका बनाएका छौं,’ सरकारका प्रवक्ता रामशरण बस्नेतले भने, ‘समारोह एकदमै छोटो गर्नुपर्ने छ ।’
एकदेखि डेढ घन्टाभित्र कार्यक्रम सक्नुपर्नेछ । र, कार्यक्रममा तीन जनाभन्दा बढी बक्ता राख्नै पाइने छैन ।
कार्यक्रममा अतिथि बोलाउँदा कम्तिमा तीन दिन अगाडि विषयबस्तुबारे जानकारी गराउनुपर्ने निर्देशिकामा छ । यो निर्देशिका गण्डकी मन्त्रिपरिाषद बैठकले पारितसमेत गरिसकेको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


