लायन्स/लियो क्लबको शुभकामना आदान प्रदान ।
आँधीखोला खबर/वालिङ :
लायन्स क्लब अफ वालिङ सिटि र लियो क्लब अफ वालिङ सिटिको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
आउदै गरेको विजया दशमी, दिपावली, छठ, ल्होसार, ईद लगायतका चाडपर्बका अवसरमा शुभकामना आदानप्रदान गरिएको लायन्स क्लब अफ वालिङ सिटिका अध्यक्ष देवेन्द्र प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाण, उपप्रमुख कल्पना तिवारी, वालिङ उद्योग बाणिज्य संघका पूर्ब अध्यक्षहरु कर्ण बहादुर श्रेष्ठ र ल्याप्टेन याम बहादुर गुरुङ,क्लबका पूर्ब अध्यक्षहरु अर्जुन प्रसाद खनाल,चेत नारायण श्रेष्ठ लगायतले बोलेका थिए ।
त्यस्तै तरुण दलका क्षेत्रीय सचिब दीपक रेग्मी, शिक्षक संघका क्षेत्रीय सभापति डण्डपानी पंगेनी, वालिङ उद्योग बाणिज्य संघ महिला उद्यमी बिकास समितिका अध्यक्ष कबिता भुषाल, लियो क्लव अफ वालिङका अध्यक्ष बिदुषा बस्नेत, लिओ क्लवका प्रथम उपाध्यक्ष एवं नेविसंघ नगर सभापति दिक्षान्त प्रताप खाँण लगायत कार्यक्रममा उपस्थित सबैले एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए ।

कार्यक्रम लायन्स क्लब अफ वालिङ सिटिका अध्यक्ष देवेन्द्र प्रसाद भट्टराई सभापतित्व निवर्तमान् अध्यक्ष विष्णु सुवेदी गैह्रेको स्वागत र सचिब दीपक लम्सालको सञ्चालनमा सम्पन्न भएको थियो ।


समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


