स्याङ्जाकै लामो पुल बन्यो ज्याग्दीखोलामा ।

प्रकाश डोटेल/स्याङ्जा :

स्याङ्जाको ज्याग्दीखोलामा जिल्लाकै लामो झोलुङ्गे पुल निर्माण भएको छ । केन्द्रीय आयोजना डोलीडारमार्फत जय नेपाल निर्माण सेवा कम्पनीले पुल निर्माण गरेको हो । खोलाको सतहदेखि १ सय १९ मिटर उचाइमा बनेको पुलको लम्बाइ ३ सय १८ मिटर छ ।

जिल्लाकै लामो झोलुङ्गे पुल भएपनि गण्डकी प्रदेशमा भने ज्याग्दीखोलाको उक्त पुल लम्बाईको तुलनामा चौथो नम्बरमा आउँछ । लम्बाई बढि भएका झोलुङ्गे पुलमा पर्वतमा मात्रै ३ पुल छन् । कुस्मा–कुडीकुवा ३ सय ५९, कुस्मा–बलेवा ३ सय ४७ र कुस्मा–ग्यादी ३ सय ४४ मिटरका पुल नेपालकै लामो पुल मध्येका झोलुङ्गे पुल हुन् ।

पुलबाट दैनिक १ हजार ५ सय यात्रु आवतजावत गर्ने गरेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष राजन डोटेलले जानकारी दिनुभयो । चापाकोट नगरपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गरी समृद्ध नगर बनाउन, स्थानीय तथा विद्यालय जाने विद्यार्थी, र यात्रुलाई मध्यनजर राखेर पुल निर्माण गरिएको उहाँले बताउनु भयो ।

झण्डै साढे ४ करोड रकममा योजना सम्पन्न भएको पुलले चापाकोट नगरपालिका हरिनास गाउँपालिका र पाल्पाको रामपुर नगरपालिकाका स्थानीय प्रत्यक्ष लाभान्बित हुनेछन् । खोला वारपार गरेर गाउँमा निस्कन करिब आधा घण्टा समय खर्चनुपथ्र्याे अहिले पुल बनेपछि पाँच मिनेटमै उक्त गाउँमा पुग्न सहज भएको छ ।

नमूनाका रुपमा निर्माण भएको पुल हेर्नेको अहिले घुइँचो छ । विभिन्न स्थानबाट यो पुल अवलोकन गर्न आउनेक्रम बढेको छ । “बञ्जिजम्प सञ्चालन गर्ने योजना बनाएका छौं ।” स्थानीय दीर्घबन्धु पौडेलले भन्नुभयोे, “बञ्जिजम्प संचालनमा आएपछि आन्तरिक पर्यटक मात्र नभइ बाह्य पर्यटक भित्रने अपेक्षा गरेका छौं ।”

“ज्याग्दीखोलाको उक्त स्थानमा पुल अति नै आवश्यकता थियो, बल्ल बनाउन सकियो ।” गण्डकी प्रदेशका सांसद भागवतप्रकाश मल्लले भन्नुभयो, “लामो प्रयासबाट पुल बनेको छ, बाटो छोटो हुने भएपछि स्थानीयलाई राहत हुनेछ ।”

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP