स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि

वालिङ :  स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ नगरपालिका वडा नं. ११ गैरीखेत बस्ने ५५ वर्षीय प्रेमबहादुर थापाको भएको पुष्टि भएको छ।

स्थानीयका अनुसार थापा आज (२० गते) बिहान ९ बजे ‘वालिङ जानछु’ भन्दै घरबाट निस्किएका थिए। घरबाट हिँडेका उनी दिउँसो करिब १२:३० बजे वालिङ नगरपालिका–९ लखनेस्थित आँधीखोला नदीको बीच भागमा रहेका ढुङ्गाहरूका बीचमा अड्किएको अवस्थामा मृत फेला परेका हुन्।

स्थानीयले नदीमा शव देखेपछि तत्काल वडा प्रहरी कार्यालय वालिङमा जानकारी गराएका थिए। खबर पाउनासाथ वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रताप पौडेलको कमाण्डमा ‘सोको’ (SOCO) टोलीसहित १० जनाको प्रहरी टोली दिउँसो १२:४० बजे घटनास्थल पुगेको थियो। घटनास्थल वडा प्रहरी कार्यालय वालिङबाट करिब ४ किलोमिटर पूर्वतर्फ पर्छ।

दिउँसो १:२० बजेबाट सुरु भएको घटनास्थल मुचुल्का कार्य १:३५ बजे पूरा भएको थियो। मृतककी श्रीमती होमा थापाले घटनास्थलमै पुगेर शवको सनाखत गरेकी हुन्।

प्रारम्भिक अनुसन्धानका क्रममा मृतक थापाले अत्यधिक मादक पदार्थ सेवान (मापसे) गर्ने गरेको बुझिएको छ। उनको परिवारमा श्रीमती र उनी मात्र घरमा बस्दै आएका थिए भने एक छोरा र एक छोरी वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका छन्।

दिउँसो २:०५ बजे घटनास्थलको मुचुल्का तथा प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी शव परीक्षण (पोस्टमार्टम) का लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा ल्याइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Facebook Comments Box
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
३ हप्ता अगाडि

वालिङ : स्याङ्जाको वालिङ-८ स्थित नेपाल आदर्श क्याम्पसका प्राध्यापक एवम् नेपाल आदर्श माध्यमिक विद्यालयका माध्यमिक तह इन्चार्ज शिवलाल गौतमको असामयिक…

TOP