सगरमाथा आरोही इन्स्पेक्टर पौडेललाई स्याङ्जामा नागरिक अभिनन्दन
स्याङ्जाको आँधीखोला गाउँपालिकाले सशस्त्र प्रहरी, बल नेपालमा कार्यरत सगरमाथा आरोही प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरज पौडेललाई सम्मान तथा नागरिक अभिनन्दन गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपालको इतिहासमा पहिलोपटक सगरमाथा चढेका पौडेललाई बुधबार गृहपालिका आँधीखोलामा दोसल्ला, सम्मान–पत्र, बाजागाजासहित सम्मान तथा अभिनन्दन गरिएको हो । नागरिक अभिनन्दनको क्रममा पौडेललाई आँधीखोला–५ सेतीदोभानदेखि आँधिखोला–२ चिलाउनेबाससम्म परिक्रमा गराइएको थियो । उनी चिलाउनेबासका बासिन्दा हुन् ।
अभिनन्दनछि बोल्दैप आरोही पौडेलले गाउँबाट पाएको मायाले आफ्नो खुसीमा थप ऊर्जा थपिएको सुनाए । सगरमाथा आरोहण सहज नरहेको र सगरमाथाबाट फर्किनु मृत्युलाई जित्नु बराबर भएको उनको भनाइ थियो । ‘सगरमाथा चढ्नुमात्र ठूलो कुरा होइन । चुचुरोमा पुग्नु जत्तिकै जोखिम फर्कंदा पनि हुन्छ,’ उनले भने, ‘चुनौतीपूर्ण अवस्था, कठिन मौसम, भौगोलिक अवस्था, मानसिक स्थिति र पीडादायक शारीरिक स्थितिबीच आफ्नो पालिकालाई चिनाउन पाउँदा खुसी लागेको छ ।’
पौडेलले कुनै साहित्यकार सगरमाथा आरोहण गर्न गए ऊ नसक्ने सुनाए । सगरमाथा क्षेत्रमा रचनाका स्रोत रहेको र पुस्तक नै लेख्न सकिने उनको भनाइ थियो । ‘कुनै कवि वा साहित्यकार सगरमाथा आरोहण गर्न गए ऊ चढ्नै सक्दैन । यति मनोरम, यति भावनात्मक हिसाबले फरक अनुभूति हुन्छ,’ आरोही पौडेलले भने, ‘साहित्यकारले रचना रच्दा–रच्दा महाकाव्य नै लेख्न सकिने अनुभूति त्यहाँ संगाल्न सकिनछ ।’
गण्डकी प्रदेश सभा सदस्य सुधिरकुमार पौड्यालले नयाँ र फरक गर्न खोज्नेलाई सम्मान र अभिनन्दनजस्ता गतिविधिले प्रोत्साहान गर्ने भएकाले निरन्तरता दिइनुपर्ने बताए । कर्तव्य पूरा गर्नुपर्ने दायित्वबीच सगरमाथा शिखर पुगेर गाउँको नाम राखेको भन्दै उनले खुसी व्यक्त गरे ।
गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले आरोही पौडेलको जीवनी स्थानीय पाठ्यक्रममा समावेश गर्ने प्रतिबद्धता जनाए । आँधीखोला सगरमाथा चढ्ने पहिलो सशस्त्र प्रहरीको गाउँ हो भनेर चिनाउन पाउनु गर्वको विषय भएको उनले बताए ।
गाउँपालिकासहित आरोही पौडेलको जन्म गाउँ चिलाउनेबासमा आँधीखोला–२ वडा कार्यालयले पनि सम्मान कार्यक्रम गरेको थियो । वडाध्यक्ष कमलप्रसाद पौडेल र वडा सदस्यहरूले आरोही पौडेललाई सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
चैत ३० मा सगरमाथातर्फ प्रस्थान गरेका पौडेल जेठ ७ गते बिहान १०ः२० बजे चुचुरोमा पुगेका थिए । उनी शेर्पा एक्स्ट्रिम प्रा।लिमार्फत ३० चैतमा सगरमाथा आरोहणका लागि प्रस्थान गरेका थिए । पौडेलले सगरमाथा शिखरमा सशस्त्र प्रहरी बल र आँधीखोला गाउँपालिकाको झण्डा फहर्याएका थिए ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


