सप्तरीका ६० एसईई परीक्षार्थीको परीक्षा रद्द, केन्द्राध्यक्ष र निरीक्षकलाई जिम्मेवारीबाट हटाइयो ।
सप्तरीका ६० एसईई परीक्षार्थीको परीक्षा रद्द, केन्द्राध्यक्ष र निरीक्षकलाई जिम्मेवारीबाट हटाइयो ।
राजविराज:
एसइई परीक्षाको मर्यादा उल्लंघन गरेको आरोपमा बिहीबार सप्तरी जिल्लामा ६० विद्यार्थीको परीक्षा रद्द गरिएको छ । परीक्षा केन्द्रमा मोबाइलबाट प्रश्नपत्र बाहिर पठाइ बाहिरबाट मोवाईल मार्फत उत्तर ल्याउने कार्यमा सक्रिय ६० विद्यार्थीको परिक्षा रद्द गरिएको शिक्षा समन्वय इकाईका प्रमुख विजयकुमार मण्डलले जानकारी दिए ।
मण्डलकाअनुसार जिल्लाको पकरीस्थित परीक्षा केन्द्रबाट ४७ जना,राजविराजको वर्ड भिजन परीक्षा केन्द्रबाट ९ जना,भारदह परीक्षा केन्द्र र राजविराजको केअमबी परीक्षा केन्द्रबाट दुई दुईजना गरि ६० परीक्षार्थीको परीक्षा रद्द गरिएको हो । बिहीबार ऐच्छिक प्रथम विषयको परीक्षा थियो ।
परीक्षा निरीक्षक र केन्द्राध्यक्षलाई भने कारबाही नगरी जिम्मेवारीबाट मात्र हटाईएको छ । प्रमुख जिल्ला अधिकारी किरण थापाले पकरी परीक्षा केन्द्रका केन्द्राध्यक्ष सहित सबै निरीक्षकलाई जिम्मेवारीबाट हटाईएको जानकारी दिए ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


