न्यायिक समितिले हेर्ने विवादहरु: ज्याला मजुरी सम्बन्धमा ।

netra subedi

नेत्रप्रसाद सुबेदी/वालिङ:
गत अंकको बाँकी अंश:

नेपालको संविधान २०७२ को धारा २१७ र स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा ४६ अनुसार गठित गाउँपालिका र नगरपालीकाको न्यायिक समितिले सोही ऐनको दफा ४७ को उपदफा (१) र (२ं मा उल्लेख भएका विवादहरु मध्ये दफा ४७ को उपदफा (१) मा न्यायिक निरुपण गर्न पाउने १३ वटा विवादहरुको बिषयमा चर्चा गरिएको छ । तेह्र वटा विवादहरु मध्ये गत महिनाहरुको अंकमा तल उल्लेख भएका ३ वटा विवादहरुको बिषयमा चर्चा गरिएको थियो ।
(क) आलीधुर बाँध,पानी कुलो वा पानीघाटको बाँडफाड तथा उपयोग सम्बन्धमा
(ख) अर्काको बाली नोक्सान गरेको सम्बन्धमा ।
(ग ) चरन,घाँस,दाउरा सम्बन्धमा ।
आज हामी ज्याला मजुरी सम्बन्धमा नेपालमा रहेको कानुनी व्यवस्थाको बारेमा चर्चा गर्दछौ ।
(घ) ज्याला मजुरी सम्बन्धमा
सामान्य भाषामा कुनै पनि व्याक्तिले दैनिक,मासिक वा समयको आधारमा काम गरे बापत काम अनुसारको प्राप्त गर्ने पारिश्रमीकलाई ज्याला मजुरी भनिन्छ । नेपालको मुलुकी देवानी संहिता २०७४ को परिच्छेद १४ दफा ६४० मा १४ बर्ष भन्दा माथीका व्याक्तिलाई निजको मञ्जुरी लिई काममा लगाउन पाईने तर सोह्र बर्ष उमेर पूरा नगरेको व्याक्तिलाई जोखिमयुक्त काममा लगाउन नपाईने कानुनी व्यवस्था रहेको छ । नेपालको मुलुकी देवानी संहितामा ज्याला मजुरीलाई घरेलु सहायक र ज्याला मजुरी भनि २ भागमा बिभाजन गरिएक‍ो छ ।
(१) घरेलु सहायक:
कुनै पनि व्याक्तिलाई घरेलु सहायकको रुपमा राख्दा निजलाई मासिक वा बार्षिक रुपमा दिने मजुरीक‍‍ो निर्धारण गरि भुक्तानी दिनुपर्दछ । निजलाई काममा लगाउदा आफ्नो हैसियत अनुसार बिहान,दिउँस र बेलुका खाना खान र मौसम अनुसारका कपडा र आवास,शौचालय तथा स्नानघर उपलब्ध गराउनु पर्दछ । घरेलु सहायकलाई अमानविय,अपमानजन्य व्यवहार वा घरेलु हिंसा जस्ता कार्यहरु गर्न पाईने छैन । अठार बर्ष भन्दा कम उमेर भएको र निजले चाहेको अवस्थामा घरको कामको अबस्था हेरी अध्यायनको व्यवस्था मिलाईदिनुका साथै बिरामी हुदा ओखती मुलो र मृत्यु हुदा काज किरिया बापत लाग्ने खर्च निजले पाउने पारिश्रमीक बाट कट्टा नगरिकन घरेलु सहायक राख्ने व्याक्तिले व्यहोर्नु पर्दछ । कसैले पनि कुनै व्याक्तीलाई घरेलु सहायकको रुपमा काममा लगाएकोमा काममा लगाएको मितिले १ महिना भित्र स्थानिय तहको सम्बन्धित वडा कार्यालयलाई लिखित रुपमा जानकारी गराउनु पर्दछ भन्ने व्यवस्था रहेको देखिन्छ ।

(२) ज्याला मजुरी:
काम गर्ने व्याक्तिले आफुखुशी ज्याला नलिने शर्तमा बाहेक कुनै पनि व्याक्तिलाई निजको मञ्जुरी बेगर निश्चित ज्याला तोकिएको भए सोही अनुसार नतोकिएको भए सोही ठाउँको चलन चल्ती वा कामको अनुपात हेरेर प्रत्येक ८ घण्टालाई १ दिनको आधार मानी ज्याला दिनुपर्दछ । साथै निजको मञ्जुरी बेगर ८ घण्टा भन्दा बढी काममा लगाउन पाईने छैन काममा लगाएमा काम गरेको प्रत्येक घण्टा बापत सोही अनुपातमा थप ज्याला मजुरी दिनुपर्दछ । तर घरेलु सहायकको हकमा भने यो दफा लागु हुदैन । ज्याला मजुरी दिदा लिने र दिने बिच अन्यथा सहमति भएकोमा बाहेक काम सम्पन्न भएपछी काममा लगाउने व्याक्तिले ज्याला दिनुपर्दछ । काममा लगाउदा कामको प्रकृति हेरी आवश्यक सुरक्षाका उपायहरुको व्यवस्था गरेर मात्र काममा लगाउनु पर्छ ।
कुनै व्याक्तिले कामको जिम्मा लिई वा कबुल गरिसकेपछी मनासिब कारण बिना बिचमै काम छोडेमा त्यसको दायीत्व काम छाड्ने व्याक्तिको हुन्छ । ज्याला नपाउदै काम गरिरहेको अवस्थामा कुनै व्याक्तीको मृत्यु भएमा निजले पाउने ज्याला मजुरी निजको नजिकको हकवालाले पाउछ ।
ज्याला मजुरीको बिषयमा मर्का पर्ने व्याक्तिले दफा ६४४ मा व्यवस्था भए बमोजिम घरेलु सहायकको हकमा कुनै समस्या उत्पन्न भएको मितिले ३ महिना भित्र र अन्य कुराको हकमा ३५ दिन भित्र नालिस गर्न सकिने व्यवस्था गरेको छ ।
क्रमश…..

(लेखक नेत्र प्रसाद सुवेदी वालिङ नगरपालिका न्यायिक समीतिको सल्लाहाकार हुनुहुन्छ)

 

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP