मादक पदार्थ सेवन गरी दुई समूहबीच विवाद र कुटपिट हुँदा एकको मृत्यु ।
रूपन्देही:
तिलोत्तमा नगरपालिका-९ केवलानीस्थित एक रेष्टुरन्टमा दुई समूहबीच आपसी विवाद एवम् कुटपिट हुँदा एक युवकको मृत्यु भएको छ। मकवानपुर हेटौंडा बस्ने २५ वर्षीय सुरेश स्याङतानको सोमबार राति मृत्यु भएको हो ।
मादक पदार्थ सेवन गरी दुई समूहबीच विवाद भइ कुटपिट भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मंगलापुर र ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले सुरेश सहित ४ जना घाइतेलाई उपचारको लागि मेडिकल कलेज भैरहवा पठाएकोमा सुरेशको उपचारको क्रममा मृत्यु भएको हो । घाइतेमध्ये अर्का १ युवाको पनि अवस्था गम्भीर रहेको छ ।
प्रहरीले कुटपिटमा संलग्न नुवाकोट लिखु गाउँपालिका-४ बस्ने १९ वर्षीय रोमन तामाङ सहित आठ जनालाई पक्राउ गरेको छ। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


