स्याङ्जाको व्यापारको प्रर्बधनका लागि सिद्वार्थ राजमार्ग फराकिलो पार्नु पर्छ : प्रदेश सांसद भट्टराई

गल्याङ :
स्याङ्जाको व्यापार प्रवर्धनका लागि कुभिन्डे देखि राम्दी सम्मको राजमार्ग (बजार क्षेत्र)को विस्तार गरेर यातायातको पहुँचलाई प्रभावकारी बनाउन सके मात्रै स्याङ्जाको भविष्य भएको कुरा गण्डकी प्रदेश सांसद महेश भट्टराईले बताउनु भयो ।
शनिबार स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.३ स्थित गल्याङ उद्योग वाणिज्य संघको दोस्रो साधारण सभा तथा अधिबेशनको उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो ।
वि.स. २०२६÷२७ सालमा खनिएको राजमार्ग अहिले पनि यथाबत रहेको र समयानुकुल ठूला सवारी साधन सञ्चालनमा समस्या भएकाले स्याङ्जाका ठूला व्यापारीक केन्द्रमा दैनिकी उपभोग्य बस्तु ध्वानीमा समस्या देखिएकोले यहाँका व्यापारी विस्थापित हुनुपर्ने परिस्थिती आएको कुरा बताउनु भयो ।
गण्डकी प्रदेश सांसद भट्टराईले भन्नु भयो भर्खरै गण्डकी प्रदेश संसार बनेको र गण्डकी प्रदेश सरकारले प्रदेश भित्र खानेपानी र विद्युत महशुलमा निःशुल्क गर्ने प्रस्ताव आफूहरुले राखेको कुरा बताउनु भयो ।
व्यापारीहरुको धेरै गुनासोहरु आएकाले उहाँहरुको समस्याको पहिचान गरेर समस्या समाधानका पक्षमा आफूले आवाज उठाउने र कसरी हुन्छ नीजि क्षेत्रसंग हातेमालो गरेर विकास निर्माण अभियानमा जोडिने प्रतिबन्धता पनि व्यक्त गर्नु भएको थियो ।
उहाँले भन्नु भयो विश्वमा आर्थिकमन्दि भएकाले उत्पादनका क्षेत्रमा ध्यान दिन आग्रह गर्दै व्यापारीको हकहितका पक्षमा आफूले सक्दो सहयोग गरेर अगाडि वढ्ने कुरा बताउनु भयो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका नगर प्रमुख गुरुप्रसाद भट्टराईले विश्व अर्थ व्यवस्थामा देखिएको कमजोरी पार्ने असर र कमजोरीहरुको समस्या समाधान गरेर स्थानीय स्तरमा उत्पादन गरेर त्यसको बिक्री वितरण गरेर आम्दानी गर्नु पर्ने कुरा बताउनु भयो ।


कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष अमृत भट्टचन, गरिमा विकास बैंकका अध्यक्ष श्याम प्रसाद बस्याल,नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य शोभाकान्त पौडेल, पर्यटन तथा घरेलु उद्योग मन्त्रालय स्याङ्जाका प्रमुख ठाकुर प्रसाद ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश कोषाध्यक्ष नबराज सुबेदी, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रबिन्द्रमान श्रेष्ठ, नेकपा एमाले गल्याङ नगर कमिटी सचिव राजेन्द्रदेब खनाल, नेकपा माओबादी गल्याङ नगर कमिटी अध्यक्ष चित्र बहादुर राना,गल्याङ नगरपालिका वडा नं.१ का वडाअध्यक्ष मणि प्रसाद बस्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
संघका अध्यक्ष यज्ञ प्रसाद अर्यालले अधयक्षको प्रतिबेदन र संस्थाका कोषाध्यक्ष बलराम श्रेष्ठले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञ प्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष इन्द्र प्रसाद अधिकारीले कार्यक्रमको सञ्चालन महासचिव कृष्ण प्रसाद भट्टराईले गर्नु भएको थियो ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP