श्रीमान र जेठाजुको कुटाईबाट गम्भिर घाईते भएकी कमलाको मृत्यु ।
स्याङ्जा,चैत्र ९ गते :
श्रीमानको कुटाइबाट गम्भिर घाइते हुनुभएकी स्याङ्जा पुतलीबजार नगरपालिका १३ निवासी कमला न्यौपाने सुवेदीको उपचारको क्रममा मृत्यु भएको छ ।
गएको माघ २२ गते राती श्रीमान लक्ष्मीप्रसाद न्यौपाने र जेठाजु केशवराज न्यौपानेको कुटाइबाट कमला गम्भिर घाईते हुनु भएको थियो । उहाँको उपचारको क्रममा काठमाडौमा निधन भएको प्रहरीले जनाएको छ ।
गाउँलेले कमलालाई नदेखेपछी सोधखोज गर्दा आफ्नै घरमा श्रीमानको कुटाइबाट बेहोस अवस्थामा भेटेपछि गाउलेको सहारामा अस्पताल लगिएको थियो । पोखरा हुँदै काठमाडौ नर्भिक अस्पतालमा पुर्याईएको थियो ।
कुटपिट पछि बेहोस कमला लाई गाउँलेको सहारामा १४÷१५ घण्टा पछी मात्रै अस्पताल लगिएको थियो ।
कुटपिटमा संलग्न श्रीमान लक्ष्मीप्रसाद न्यौपाने र जेठाजु केशवराज न्यौपानेलाई यस अघि नै प्रहरीले नियन्त्रण लिएको थियो । जिल्ला अदालत स्याङ्जाले जेठाजु केशवराजलाई २ लाख धरौटीमा छोडेको छ भने श्रीमान लक्ष्मीप्रसाद लाई पुर्पक्षकाका लागि जिल्ला कारागार राखिएको छ ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


