पाकिस्तानलाई हराउँदै इङ्ग्ल्यान्डले जित्याे टी–२० विश्व कपकाे उपाधि
काठमाण्डाै – पाकिस्तानलाई हराउँदै इङ्ग्ल्यान्डले टी–२० विश्व कप २०२२ काे उपाधि जितेकाे छ । आज आइतवार मेलबर्नमा भएकाे फाइनल खेलमा इङ्ग्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हरायाे ।
पाकिस्तानले दिएकाे एक सय ३८ रनकाे लक्ष्य इङ्ग्ल्यान्डले १९ ओभरमा पाँच विकेट गुमाएर भेटायाे । उसका लागि बेन स्टाेक्सले नटआउट ५२ र जाेस बटलरले २६ रन बनाए । बलिङतर्फ पाकिस्तानका हरिस रउफले दुई विकेट लिए ।
यसअघि पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३७ रन बनायाे । उसका लागि शन मसुदले ३८ र बाबर आजमले ३२ रन बनाए । बलिङतर्फ इङ्ग्ल्यान्डले साम करनले तीन तथा आदिल रशिद र क्रिस जाेर्डनले दुई/दुई विकेट लिए ।
खेलमा मात्र १२ रन दिएर तीन विकेट लिने इङ्ग्ल्यान्डका साम करन म्यान अफ द म्याच चुनिए । उनी म्यान अफ द टुर्नामेन्ट पनि चुनिए ।
याे उपाधिसँगै इङ्ग्ल्यान्डले टी–२० विश्व कपमा उपाधि सङ्ख्या दुई पुर्याएकाे छ । यसअघि सन् २०१० काे टी–२० विश्व कप फाइनलमा अस्ट्रेलियालाई सात विकेटले हराउँदै इङ्ग्ल्यान्डले उपाधि जितेकाे थियाे ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


