संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा ७०२ जनाको सजाय मिनाहा ।
काठमाण्डौ:
सरकारले विभिन्न मुद्दाका ७०२ जनाको सजाय माफी गरेको छ ।
भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसुर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतका आदेशहरुका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका ६८१ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद मिनाहा गर्नु भएको हो ।
त्यस्तै, विभिन्न फौजदारी मुद्दा लागेका २१ जनाको कैद सजाय मिनाहा गरिएको छ ।
नेपालको संविधानको धारा २७६ अनुसार असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा उनीहरुको सजाय माफी भएको शीतल निवासका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री
पोखराकाे जिएमसीमा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु, ग्यास्ट्रो उपचार आधुनिक बन्दै
१ महिना अगाडि
पोखरा : पोखरामा रहेकाे गण्डकी मेडिकल कलेज (जिएमसी) मा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु भएकाे छ । डा….


