अविरल वर्षाको कारण धन्सार भत्किदा गल्याङमा एक किसोरीको मृत्यु ।

वालिङ, असार १६ गते ।
अविरल वर्षाको कारण धन्सार भत्किदा स्याङ्जामा एक किसोरीको मृत्यु भएको छ । गल्याङ नगरपालिका वडा नं.१० डुविनडाँडाका ढाकाराम भट्टराईको धन्सार (गोठेघर) भत्कदा उहाँकी छोरी १२ बर्षीय रेखा भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी राजिब बहादुर बस्नेतले जानकारी दिनुभयो ।
आज बिहान साढे ६ बजे धन्सार भत्कदा घाईते भएकी भट्टराईलाई उपचारका लागि गल्याङ लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा परि १६ वर्षीय लक्षमण भट्टराई घाइते हुनु भएको छ ।
गोठ भत्किदा १ लैनोभैसी, २ वटा पाठा पुरिएरको स्थानीयबासी गुरु प्रसाद खनालले जानकारी दिनुभयो ।
अविरल बर्षाका कारण जिल्लाका अधिकांश ग्रामणि सडक अवरुद्ध भएकाछन् भने जनजीवन पनि प्रभावित भएको छ । Pic -Tikaram Adhikari

Facebook Comments Box
TOP