एमाले वालिङको अधिबेशन शुक्रवार सम्मका लागि स्थगित, पुतलीबजारमा जुट्यो सहमती ।
स्याङ्जा :
नेकपा एमालेको महाधिवेशन अन्तर्गत पालिका अधिवेशन गरिरहेको छ । ११ वटा पालिका रहेको स्याङ्जामा १० वटा पालिकामा पुर्णरुपमा अधिवेशन सम्पन्न भईसकेको छ भने वालिङमा सहमतीको प्रयास जारी रहेको नेकपा एमालेले जनाएको छ ।
पुतलीबजार नगरपालिकामा आज सहमतिका आधारमा नेतृत्व टुंगो लागेको एमाले स्याङ्जाका अध्यक्ष सूर्य प्रसाद गैह्रे पारसले जानकारी दिनुभयो ।
यता वालिङमा भने सहमतीको प्रयासका लागि भन्दै शुक्रवार सम्मका लागि अधिवेशन स्थगित भएको छ । अध्यक्षमा शोभाकान्त पौडेल र पुण्य प्रसाद अर्यालको दावी रहेको छ । वालिङमा अन्य पदमा कुरा मिल्ने देखिए पनि अध्यक्ष र उपसचिवमा भने बिबाद रहेको छ ।
पौडेललाई पूर्व मन्त्री अर्यालको समर्थन रहेको छ भने अर्याललाई प्रदेश सांसद मोहन रेग्मी लगायतको समर्थन रहेको बताईएको छ । अर्याल यस अघि नगरप्रमुखको प्रत्यासी समेत रहेका थिए भने पौडेल एमाले नगरसचिव रहेका थिए ।
निर्वाचन समितिले भने केन्द्रको निर्देशन अनुशार सहमतीको प्रयासका लागि शुक्रवार सम्मका लागि अधिवेशन स्थगित गरिएको जनाएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


