इन्फान्टिनो पुनः फिफाको अध्यक्ष, नेपाली टोपी शिरमा ढल्काए

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्षमा जियानी इन्फान्टिनो फेरि पनि निर्वाचित भएका छन् । उनी दोस्रो पटक फिफाको अध्यक्षमा निर्वाचित भएका हुन् । इन्फान्टिनो सन् २०२३ सम्मका लागि निर्वाचित भएका हुन् । फ्रान्सको पेरिसमा बसेको फिफाको ६९ औँ वार्षिक साधारण सभाले इन्फान्टिनोलाई दोस्रो पटक नेतृत्वका लागि निर्विरोध निर्वाचित गरेको हो ।
४९ वर्षीय इन्फान्टिनोले सेप ब्लाटर भ्रष्टाचार मुद्धामा निलम्बनमा परेपछि नेतृत्व पाएका थिए । उनले सन् २०२६ को विश्वकपबाट सहभागी देशको संख्या बढाएर ३२ टिमबाट ४८ पुर्याएका छन् ।
लगाए नेपाली ढाका टोपी
इन्फान्टिनोलाई नेपाली प्रतिनिधिहरुले शिरमा ढाका टोपी लगाइदिएका छन् । ढाका टोपी उनलाई निकै सुहाएको छ । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले उनलाई टोपी लगाइदिएका थिए ।
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


