थप ३३८४ जनामा कोरोना सङ्क्रण, ६१ को मृत्यु ।
काठमाण्डौ:
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ३३८४ कोरोनाभाइरसका सङ्क्रमितहरू थपिएका छन् भने ६१ को मृत्यु भएको छ । सोही अवधिमा ६२९५ जना सङ्क्रमणमुक्त भएका छन्।
मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत २४ घण्टामा कुल १४ हजार ४९४ जनाको परीक्षण गरिएको थियो। ती मध्ये ८५०६ जनाको पीसीआर र ५९८८ जनाको एन्टिजन विधिबाट परीक्षण गरिएको थियो ।
नेपालमा निको हुने दर ८६.९ प्रतिशत छ भने मृत्यु दर १.६ प्रतिशत रहेको छ।आज मृत्यु हुने सँगै कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या ८३६६ पुगेको छ।
हाल आइसीयूमा रहेका विरामीको सङ्ख्या ११८९ रहेको छ भने भेन्टिलेटरमा ३६६ जना रहेका छन।
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
१ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


