कोभिडबाट एकैदिन ५३ जनाको मृत्यु, ८ हजार ४ सय १४ संक्रमित थपिए

corona update

काठमाडौं : नेपालमा कोभिडबाट एकैदिनमा थप ५३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ६३२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४ सय १४ संक्रमित थपिएका छन् । १७ हजार ३१५ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ र ९ सय ८९ जनाको एन्टिेजन परीक्षणमा १ सय ३१ जनामा कोभिड पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोभिड संक्रमितको संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ३७० जना निको भएसँगै देशभरबाट २ लाख ९८ हजार ७६५ जना संक्रममणमुक्त भएका छन् ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP