गण्डकी प्रदेसको सबै जिल्लामा शिक्षा पत्रकार समाजको संयोजक चयन ,स्याङ्जामा सुवेदी

education press

स्याङ्जा :

गण्डकी प्रदेशमा शिक्षा पत्रकार समाज गठन गरिएको छ । प्रदेशको ११ वटै जिल्लामा समाजले पूर्णता पाएको शिक्षा पत्रकार समाजका प्रदेश संयोजक केशव पाठकले जानकारी दिए । गण्डकी प्रदेशको सह—संयोजकमा नेपाल टेलिभिजनका संवाददाता पर्शुराम शर्मा चयन भएका छन् ।

मंलवार शिक्षा पत्रकारसमाजका प्रदेश संयोजक केशव पाठकको संयोजकत्वमा बसेको भेलाले प्रदेशको स—संयोजक सहित ,सदस्य सहित जिल्लाको जिम्मेबारी दिईएको हो । जसमध्य प्रकाशचन्द्र भट्टराई (तनहु ) , तारा चापागाई(कास्की ) , जुना थापा ( कास्की ) अनुज घिमिरे (लमजुङ ) , हरि प्रसाद सुवेदी —सुशील—( स्याङ्जा ) , माया अधिकारी ( पर्वत) , खेमराज गौतम ( बागलुङ ) , लक्ष्मी प्रसाद पंगेनी ( नवलपुर ) , सन्तोष गौतम ( म्याग्दी ) , नविन लामिछाने ( मनाङ ), एक.के थकाली ( मुस्ताङ ) र अश्विन दानी ( गोरखा ) लाई प्रदेश सदस्य तथा जिल्ला संयोजक चयन गरिएको छ । यस्तै संस्थाको सल्लाहकारमा हरिप्रसाद बास्तोला (कास्की) , राजेन्द्र पहाडी (पर्वत) , रोहर्शन पौडेल (कास्की) र भवानी अधिकारी (स्याङजा) लाई चयन गरिएको छ ।

कोभोलिन्टर सर्भिस ओभर्सिज ( भिएसओ ) नेपाल र आसमान नेपालको सहयोगमा आयोजना गरिएको शिक्षा पत्रकार समाजको गण्डकी प्रदेशस्तरीय नीतिगत बहस कार्यक्रममा सो टिमको घोषणा गरिएको हो ।

नवगठित समिति तथा सल्लाहकारहरुलाई संस्थाका केन्द्रीय अध्यक्ष प्रकाश सिलवालले टिका लगाएर स्वागत गर्दै पत्रकारिताको क्षेत्रबाट शिक्षा क्षेत्रमा देखिएको समस्याको समाधान गर्दै गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए ।

Facebook Comments Box
TOP