गण्डकीमा कोरोना संक्रमितको संख्या १६ हजार १४७ पुग्याे ।
स्याङजा : आइतबार सम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या १६ हजार १४७ पुगेको छ, जसमा १९६ सक्रिय संक्रमित छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयको विज्ञप्ति अनुसार आइतवार गण्डकीका ३२३ जनामा गरिएको परीक्षणमा थप १८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आइतवार पुष्टि भएका संक्रमित प्रदेशका ४ जिल्ला कास्की, तनहुँ, पर्वत र बाग्लुङ जिल्लाका छन् । जस अन्तर्गत कास्कीको पोखरा महानगरका ९ जना, तनहुँका ५ जना, पर्वतका १ जना र बाग्लुङ जिल्लाका ३ जना छन् ।
पछिल्लो २४ घन्टामा गण्डकीबाट २१ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १५ हजार ७४६ पुगेको छ, भने संक्रमणकै कारण गण्डकीमा अहिलेसम्म २०५ जनाले ज्यान गुमाईसकेका छन् ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


