गण्डकीमा कोरोना संक्रमितको संख्या १६ हजार नजिक ।
स्याङजा : बिहीबार पोखराका ७ सहित बाग्लुङका एकजना गरी गण्डकीमा थप ८ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज गण्डकीका तीन जिल्ला कास्की, बाग्लुङ र नवलपुरका क्रमसः ६२ जना, २५ जना र १२ जनामा गरिएको परीक्षणमा जम्मा ८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज पुष्टि भएका ८ जना संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १५ हजार ९ सय ९८ पुगेको छ । जसमा २३२ सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घन्टामा गण्डकीबाट २० जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोना मुक्त हुनेको संख्या १५ हजार ५ सय ६१ पुगेओ छ भने संक्रमणकै कारण गण्डकीमा अहिलेसम्म २०५ जनाले ज्यान गुमाईसकेका छन् ।
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
१ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


