शनिबार गण्डकीमा थप ३९ जनामा कोरोना पुष्टि, ८८ जना कोरोनामुक्त
स्याङजा : शनिबार गण्डकीमा थप ३९ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज जारी विज्ञप्ति अनुसार गण्डकीका २९२ जनामा गरिएको परीक्षण मध्ये थप ३९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
आज पुष्टि भएका संक्रमित प्रदेशका ३ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ३६ सहित, तनहुँमा १ जना र पर्वत जिल्लाका २ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख छ ।
आज थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १४ हजार ६ सय ७० पुगेको छ । जसमा सक्रिय संक्रमित ९ सय ३ छन् ।
पछिल्लो २४ घन्टामा गण्डकीबाट ८८ जना कोरोनामुक्त भएका छन् । यो संगै, गण्डकीमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १३ हजार ५ सय ७५ पुगेको छ भने, गण्डकीमा हालसम्म कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १९२ पुगेको निर्देशनालयले जनाएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


