गल्याङमा एकै परिवारका तीन जनालाई कोरोना संक्रमण पुष्टी
गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर एक मालुङ्गामा एकै परिवारका तीन जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
साविकको मालुङ्गा गाविसमा एकै परिवारका तीन जनामा कोरोना संक्रमण पुष्टी भएको नगर प्रबक्ता तथा गल्याङ नगरपालिका १ का अध्यक्ष गणेशप्रसाद बस्यालले जानकारी दिनुभयो ।
उहाँले समुदाय स्तरमा कोरोना संक्रमण अझै फैलने डर भएकाले सुरक्षित रहन आग्रह गर्नुभएको छ ।
वडा नम्बर १ मालुङ्गामा एक हप्ता देखि गरिएको शिल (बन्द) खुला गरिए पनि संयमित रहन र विशेष साबधानी अपनाउन उहाँले आग्रह गर्नुभयो ।
बस्यालले भन्नुभयो –‘समुदाय स्तरमा कोरोना अझै फैलिएको हुन सक्ने भएकाले बजारमा अत्यावश्यक काम परे मात्रै निस्कन म सबैमा आग्रह गर्दछु ।’
संक्रमितहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको उहाँले जानकारी दिनुभयो ।
मलुङ्गामा एक व्यवसायीलाई कोरोना संक्रमण पुष्टी भएपछि कन्ट्रयाक ट्रेसिङका आधारमा एकै परिवारका तीन जनालाई कोरोना संक्रमण पुष्टी भएको हो ।
कन्ट्रयाक ट्रेसिङको कामलाई अझै विस्तार गर्दै लगिने बताइएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


