गण्डकी प्रदेशमा थप ४ जना कोरोना सङ्क्रमितको मृत्यु ।
स्याङजा :
कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण गण्डकी प्रदेशमा एक महिला सहित थप ४ जनाको मृत्यु भएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवं प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदबिन्दु शर्माले आइतबार बिहान दुई पटक जारी गरेको विज्ञप्तिअनुसार पोखराका विभिन्न ३ अस्पतालमा गरी ४ जनाको मृत्यु भएको हो ।
पोखरा २२ का ६८ वर्षीय कोरोना सङ्क्रमित पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।
यस्तै, पोखरा ३२ का ५८ वर्षीय कोरोना सङ्क्रमित पुरुषको पनि कोभिड–१९ का कारण मृत्यु भएको छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ृत्यु भएको हो । त्यस्तै सोही अस्पतालमा उपचारत कास्कीको पोखरा १५ का ५२ बर्षीय महिलाको पनि मृत्यु भएको छ ।
यसैगरी, चरक मेमोरियल अस्पतालमा थप एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । पोखरा–१ का ४२ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको हो ।
यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६३ पुगेको छ ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


