स्याङजाका २ जना सहित गण्डकी प्रदेशमा एकै दिन थपिए १०४ जना सङक्रमित ।
स्याङजा :
स्याङजाका २ जना सहित गण्डकी प्रदेशमा आईतबार एकै दिन थपिए १०४ जना सङक्रमित थपिएकाछन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ती अनुसार वालिङ र चापाकोटमा गरी दुई जना सङक्रमित थपिएका हुन ।
वालिङ नगरपालिका वडा नम्वर १ का ३० वर्षीय पुरुष र चापाकोट नगरपालिका वडा नम्वर १ का ३८ वर्षीय पुरुषमा सङक्रमण पुष्टी भएको हो । उनीहरु दुवैजना भारतबाट आई क्वारेन्टीनमा बसेका व्यक्ती भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यो सहित स्याङजामा सक्रमितको संख्या तीन सय ९४ पुगेको छ । जस मध्ये तीन सय ७३ जना निको भएका छन् भने तीन जनाको निधन भएको छ ।
यसैबीच
आज थपिने संक्रमितहरुमा कास्कीका २४ जना, बाग्लुङका ३१ जना, लमजुङका २१ जना,तनहुँ ६ जना पर्बत दुई जना र नवलपरासी बर्दघाट सुस्तापूर्बका १८ जना रहेकाछन् ।
यो सहित गण्डकी प्रदेशमा संक्रमितको संख्या तीन हजार सात सय ७७ पुगेको छ जस मध्ये दुई हजार छ सय ८९ जना निको भएकाछन् । संक्रमित मध्ये ३३ जनाको मृत्यु भएको छ ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


