चिकित्सक र कामदार सहित गण्डकी प्रदेशमा थपिए ५९ जना सङ्क्रमित ।
स्याङजा :
पोखरा औद्योगिक क्षेत्रका कामदार र स्वास्थ्य कर्मचारी सहित गण्डकी प्रदेशमा ५९ जना सङ्क्रमित थपिएकाछन् ।
सबैभन्दा धेरै सङ्क्रमित पोखरामा थपिएकाछन् । संक्रमण पुष्टि भएका ३१ जनामध्ये पोखरा औद्योगिक क्षेत्रस्थित पोखरा फुड्स प्रालिका कामदारमात्र २४ जना छन् । जसमा २० महिला र ४ पुरुष रहेकाछन् ।
त्यस्तै पोखराको पार्कल्यान्ड अस्पतालका एक जना चिकित्सक र गण्डकी मेडिकल कलेजमा उपचाररत एक बिरामीमा पनि सङ्क्रमण पुष्टी भएको स्वास्थ्य निर्देशक डाक्टर बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशको नवलपुर (बर्दघाट सूस्ता पूर्व) ९ जना त्यस्तै तनहुँका ३ जना बाग्लुङका ९ जना र गोरखाका १० जनामा समेत सङ्क्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ ।
योसँगै सोमबार बिहानसम्म गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या दुई हजार छ सय ६० जना पुगेको छ । एक हजार सात सय ८५ जना निको भएकाछन् भने २० जनाको निधन भएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


