गण्डकीमा कोरोना संक्रमितको संख्या २६ सय ६० पुग्यो ।
पोखरा : गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २६ सय ६० पुगेको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ ३८ र अर्काे सूचना अनुशार गाेरखामा थप १० जना संक्रमित थपिएसँगै दुई हजार ६ सय ६० जना पुगेको हो ।
नयाँ संक्रमितमा पोखरा महानगरपालिकामा रहेको गण्डकी मेडिकल कलेजमा उपचाररत एक बिरामी छन् । यस्तै पार्कल्यान्ड अस्पतालका कार्यरत एक चिकित्सकमा पनि संक्रमण देखिएको छ ।
यस्तै पोखरा महानगरपालिकामा रहेको पोखरा फुड्स प्रालिमा कार्यरत २० महिला र ४ पुरुषमा पनि संक्रमण देखिएको छ । अन्य सबै संक्रमित व्यक्तिहरु कन्टयाक्ट ट्रेसिङबाट पहिचान भएका हुन् । सबै संक्रमितलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जनाएका छन् ।
.


समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


