गण्डकी प्रदेश थप एक जना कोरोना संक्रमितको मृत्यु
गण्डकी प्रदेश थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोना संक्रमण भएर गोरखा अस्पतालको आइसोलेसनमा राखिएका ४४ वर्षे पुरुषको शनिबार बिहान मृत्यु भएको जिल्ला अस्पताल गोरखाले जनाएको छ । उनलाई शुक्रबार राति मात्र काेराेना पुष्टि भएकाे थियाे । ती पुरुष पालुङटार नगरपालिका ७ का बासिन्दा हुन् ।
लामो समयदेखि सुगरका बिरामी ती पुरुषमा कडा खालको निमोनियाको समस्या समेत देखिएको गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा नवीन थापाले बताउनु भयाे ।
असार १६ गते कतारबाट आएका गोरखा पालुङटार नगरपालिकाका ती पुरुषमा स्वास्थ्य समस्या देखिएपछि जिल्ला अस्पतालको आइसोलेनमा लगिएको थियो । पालुङटारस्थित जीवनज्योति माविको क्वारेन्टिनमा बसेका उनलाई लगातार खोकी लागेपछि कोरोना परीक्षण गरिएको थियो ।
गोरखामा पहिलो पटक संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।
योसँगै गण्डकीका ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्याङ्जाका ५८ र ५५ वर्षे कोरोना संक्रमित पुरुषको यसअघि नै मृत्यु भइसकेको छ ।
.

समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


