लिभरपुलले जित्यो ३० वर्षपछि प्रिमियर लिग उपाधि
एजेन्सी : इङ्ग्लीस प्रिमियर लिगमा चेल्सीले म्यान्चेस्टर सिटीलाई पराजित गर्दा लिभरपुलले उपाधि उचालेको छ । बिहीबार राति भएको खेलमा चेल्सीले सिटीलाई २–१ गोल अन्तरले पराजित गर्दा लिभरपुल च्याम्पियन बनेको हो ।
लिगमा ७ खेल बाँकी हुँदा २३ अंकको स्पष्ट अग्रताले लिभरपुललाई उपाधि दिलाएको हो । योसँगै लिभरपुलले पछिल्लो ३० वर्षपछि उपाधि उचाल्दै लिगको बलियो टोलीको रुपमा आफूलाई स्थापित गरेको छ ।
लिभरपुलले यसअघि सन् १९८९–९० को सिजनमा उपाधि हात पारेको थियो । त्यसपछिको जितेको पहिलो उपाधि हात पारेपछि लिभरपुलका समर्थकले एनफिल्ड बाहिर र्याली निकालेका छन् ।
नोबेल कोरोना भाइस (कोभिड १९) ले गर्दा सार्वजनिक स्थानमा भेला नहुन सरकारको निर्देशन भए पनि पहिलोपटक लिगको उपाधि जितेको लिभरपुलका समर्थक सडकमा उत्रिएर जीतको उत्सव मनाएका हुन् ।
उनीहरुले लिभरपुलको घरेलु मैदानबाहिर क्लबको जर्सिसहित आएर उत्सब मनाएका हुन् । यस्तै, चेल्सी र सिटीको खेल हेरेर बसेका लिभरपुलका गोलकिपर एलिसन, डिफेन्डर भर्जिल भान डिज्क र मिडफिल्डर एलेक्स ओक्सलादे च्याम्बिरलिन लगायतले कोठामै जितको उत्सव मनाएका छन् ।
लिभरपुल लिगको १० औं स्थानमा हुँदा क्लबमा प्रवेश गरेका प्रशिक्षक योर्गन क्लबले यहाँसम्मको यात्रा निकै संघर्षपूर्ण र अविश्वसनीय रहेको बताएका छन् । ‘मसँग कुनै शब्द छैन, यो अविश्वसनीय छ । यो मैले देखेको सम्भावना भन्दा बढी हो,’ उनले भने ।
लिभरपुलमा आएको साढे चारवर्षमा क्लोपले शीर्ष दुई उपाधि दिलाएका छन् । अघिल्लो सिजनमा लिभरपुलले च्याम्पियन्स लिगको उपाधि हात पारेको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


