स्याङ्जा सहितका ४ जिल्लामा थपिए २५ संक्रमित,गण्डकी प्रदेशमा संक्रमितको संख्या ७९२
स्याङ्जा :
गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकीका ४ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन ।
नवलपरासी सुस्ता पूर्वका २१ जना,तनहुँका २ जना, बाग्लुङका १ जना, र स्याङजाका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । २५ जना थपिएसँगै प्रदेशमा सङ्क्रमितको संख्या ७ सय ९२ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्याङ्जाका संक्रमित कालिकागण्डकी गाँउपालिकाका २८ बर्षका पुरुष हुन् ।
सबै संक्रमितहरुलाई आईसोलेशनमा लैजाने तयारी भैरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका कोरोना सङक्रमित ७ सय ९२ मध्ये १०१ जना निको भएर घर फर्किएका छन । सङ्क्रमित २ जनाको ज्यान गएको छ । उनीहरु दुबै जना स्याङजाका हुन् । बुधवार उपचारका क्रममा पोखरामा निधन भएका स्याङजाको आँधीखोलाका ५५ बर्षका पुरुषको शव बिहिबार पोखरामा नै व्यवस्थापन गरिएको छ ।
कोरोना रोकाथाम/नियन्त्रणको लागि के हुँदैछ स्याङ्जामा-प्रजिअ गङ्गा बहादुर क्षेत्री
.
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


