भोट दिनुहोस् काम गर्ने जिम्मा म लिन्छु : रास्वपा सभापति लामिछाने ।

वालिङ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनाव प्रचारप्रचारका लागी स्याङ्जा आईपुग्नु भएको छ । दुई निर्वाचन रहेको स्याङ्जाका विभिन्न स्थानमा हुने चुनावी अभियानका लागि लामिछाने स्याङ्जा आईपुग्नु भएको हो ।
स्याङ्जा सदरमुकाम स्थित चोकमा उपस्थित समर्थकलाई सम्बोधन गर्नुहुँदै सभापति लामिछानेले आफूहरुलाई विश्वास गरेर मतदान गर्न आग्रह गर्नु भयो । उहाँले भन्नुभयो,“हाम्रा उमेदवारलाई भोट दिएर जिताउनुहोस् काम नगरे म यहि सहिद चोकमा ल्याएर तपाईहरुलाई नै बुझाँउछु ।”
सभापति लामिछानेले बिहिबार नै क्षेत्र नं. १ को पुतलीबजार तथा भिरकोट तथा क्षेत्र नं. २ को वालिङ र चापाकोटमा चुनावी भेटघाट गर्नु भएको छ ।
सभापति लामिछाने जिल्ला आउँदा समर्थकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
रास्वपाले स्याङ्जा क्षेत्र नं. १ मा डाक्टर धनन्जय रेग्मी र क्षेत्र नं. २ मा झविलाल डुम्रेलाई उमेदवार बनाएको छ ।

Facebook Comments Box
TOP