प्रतिनिधिसभा निर्वाचनका लागि एमालेद्वारा स्याङ्जामा गुरुङ र थापा उम्मेदवार तय
राधाकृष्ण डुम्रे/ स्याङ्जा :
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) ले स्याङ्जाका दुबै क्षेत्रका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । स्याङ्जा क्षेत्र नं. १ मा मिन प्रसाद गुरुङ र क्षेत्र नं. २ मा खिमबहादुर थापालाई उम्मेदवार बनाएको हो ।
गुरुङ गण्डकी प्रदेश सभाका पूर्व सांसद हुनुहुन्छ, सामाजिक संघ संस्थाको विभिन्न जिम्मेवारी समेत सम्हालिसक्नु भएका गुरुङ एमाले स्याङ्जाका पूर्व अध्यक्ष समेत रहनुभएको छ ।
थापा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ । उहाँ दोस्रो पटक कालीगण्डकी गाउँपालिकाको अध्यक्षको रुपमा काम गरिरहनुभएको छ । उहाँ २०७४ र २०७९ मा पालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको हो । गाउँपालिका महासंघका महासचिव थापा केही समय अगाडि भएको एमालेको महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो ।
स्याङ्जाका अन्यदलहरु पनि आआफ्ना उम्मेदवार टुङ्गो लगाउने काममा जुटिरहेका दलहरुले जानकारी दिनुभएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


