स्याङ्जाका अधिकांश प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा
स्याङ्जा, २६ पुस ।
स्याङ्जाका बहुमत प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । दुई निर्वाचन क्षेत्र रहको स्याङ्जामा ५२ जना प्रतिनिधिमध्ये ३२ जना खुलेका हुन् ।
विशेष महाधिवेशन माग गर्दै स्याङ्जाका २९ जनाले हस्ताक्षर गरेका थिए । जसमा तीन जना थपिएका नेपाली कांग्रेस स्याङ्जाका सचिव तथा महासमिति सदस्य गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “थपिने क्रम जारी छ महाधिवेशन सुरु हुँदासम्म यसमा पाँच÷सात जना थपिने छन् ।” स्याङ्जामा सचिव भट्टराईले विशेष महाधिवेशनका लागि तयारी तथा संयोजन गर्दै आउनुभएको छ ।
यसअघि विशेष महाधिवेशन माग गर्दै क्षेत्र नं. १ बाट १८ जना र क्षेत्र नं. २ बाट ११ जनाले हस्ताक्षर गरेका थिए ।
विशेष महाधिवेशनको पक्षमा लाग्नेहरु मध्ये पूर्व उपसभापति गोपालमान् श्रेष्ठका नजिकका व्यक्तिहरु समेत रहेका छन् ।
जिल्ला सभापति तथा निवर्तमान् सङ्घीय सांसद राजु थापा तथा पूर्व प्रदेश सांसद समेत रहनु भएका युवा नेता भागवत प्रकाश मल्ल भने यो विषयमा मौन हुनुहुन्छ ।
यस्तै युवा नेता विष्णु पौडेल पनि विशेष महाधिवेशनको पक्षमा खुलेर नै लाग्नु भएको छ । युवापुस्तामा पार्टी र यसको नेतृत्व जानु पर्ने भन्दै आफू जेनजीको भावन अनुसार सक्रिय रहेको उहाँको भनाइ छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


