विशेष महाधिवेशनलाई आयोगको वैधता,कांग्रेस सभापतिमा गगन थापा
काठमाडौँ :
निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई वैधानिक र आधिकारिक मान्यता प्रदान गरेको छ । आयोगको यो निर्णयसँगै नेपाली कांग्रेसभित्र रूपान्तरण र परिवर्तनको बहस अन्ततः निष्कर्षमा पुगेको छ । योसँगै नेपाली कांग्रेस पार्टीको बागडोर दोस्रो पुस्तामा आएको छ ।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन ‘कांग्रेस बदल्नका लागि, बदलिएको कांग्रेसमार्फत देश बदल्नको लागि’ नाराका साथ भदौ २७ देखि ३० गतेसम्म काठमाडौँमा आयोजना गरिएको थियो । महाधिवेशनले पार्टीको नेतृत्व, नीति र विधान परिवर्तनको निर्णय गरेको छ । कांग्रेसको पहिलो विशेष महाधिवेशन २०१४ जेठ १० र ११ गते विराटनगरमा सम्पन्न भएको थियो ।
२०१२ माघ ९ देखि १३ गतेसम्म आयोजित छैटौँ महाधिवेशनबाट सभापतिमा निर्वाचित कांग्रेसका संस्थापक सुवर्णशमशेरले पहिलो विशेष महाधिवेशनमार्फत संस्थापक बिपी कोइरालालाई नेतृत्व हस्तान्तरण गर्नुभएको थियो । सोही एकताको जगमा कांग्रेसले २०१५ को आमनिर्वाचनमा १०९ मध्ये ७५ सिटमा जितेर दुई तिहाइ मत हासिल गरेको थियो ।
दुई हजार ४८८ जना अर्थात् ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै गत असोज २९ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा निवेदन दिएका थिए तर निवर्तमान केन्द्रीय कार्यसम्पादन समितिको पुस १८ गतेको बैठकले बहुमतका आधारमा २०८३ वैशाख २८, २९, ३० र ३१ गते पार्टीको १५ औँ महाधिवेशनको मिति तय गरेपछि तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको प्रव्रिmया अघि बढाउनुभएको थियो । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको अनुपस्थितिमै विशेष महाधिवेशन सम्पन्न भयो ।
समाचार
थप सामाग्री
सवारी दुर्घटनापछि विवाद हुँदा तीन जना घाइते, एक पक्राउ
२ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको वालिङमा दुई सवारी साधन एक आपसमा ठोक्किएको घटनापछि विवाद हुँदा तीन जना घाइते भएका छन् भने एक…


