पोतपवित्रा- प्रवीण स्मृति पुरस्कारको स्थापना

logo

स्याङ्जा :

नेपाली साहित्यको क्षेत्रमा क्रियाशील रहेर महत्त्वपूर्ण योगदान पुर्याउनुभएका राष्ट्रियस्तरका एकजना सिर्जनशील अग्रज स्रष्टालाई वि. सं. २०८३ सालदेखि आजकै तिथिमा एक विशेष साहित्यिक समारोहको आयोजना गरेर हरेक वर्ष पुरस्कृत / सम्मानित गर्ने पवित्र उद्देश्यले स्याङ्जा, करादीखोलाका ज्ञानप्रसाद- कमला उपाध्यायका घरपरिवारको तर्फबाट ” पोतपवित्रा- प्रवीण स्मृति पुरस्कार कोष ” को स्थापना गरिएको छ । स्व. पोतप्रसाद उपाध्याय, स्व. पवित्रादेवी उपाध्याय र स्व. प्रवीण ज्ञवालीको स्मृतिमा स्थापना गरिएको उक्त साहित्य पुरस्कारको नगद राशि पहिलो वर्ष एघार हजार एक सय एघार, दोस्रो वर्ष बाह्र हजार दुई सय बाह्र र तेस्रो वर्ष तेह्र हजार तीन सय तेह्र हुँदै सोहीअनुसार पुरस्कार राशिमा वृद्धि गर्दै लगिने कुराको जानकारी परिवारद्वारा गराइएको छ ।

Facebook Comments Box
TOP