संवादबाट नै समाधान खोज्न सङ्घीय सांसद राजु थापाको अपिल ।

राधाकृष्ण डुम्रे/स्याङ्जा :
नेपाली कांग्रेस स्याङ्जाका सभापति तथा सङ्घीय सांसद राजु थापाले संवादबाट समाधान खोज्न आग्रह गर्नु भएको छ ।
बिहिबार अपिल जारी गर्नु हुँदै थापाले यस्तो अपिल गर्नु भएको हो ।
उहाँको अपिलमा भनिएको छ,“ गत भाद्र २३ र २४ गतेका दिन Gen-Z युवाहरूले गरेको आन्दोलनका क्रममा जीवन गुमाएका सम्पूर्ण नेपालीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।
उक्त आन्दोलनका क्रममा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । देशमा भदौ २३ गते भएको मानवीय क्षतिको पीडामाथि भदौ २४ गते सार्वजनिक सम्पत्ति र ऐतिहासिक धरोहरमा भएको अकल्पनीय क्षति अत्यन्त दुःखद र निन्दनीय छ ।
पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत राजनीतिक दलका नेताहरूमाथि भएको भौतिक आक्रमणप्रति गहिरो खेद व्यक्त गर्दै घोर निन्दा गर्दै स्वास्थ्य लाभको कामना गर्दछु ।
यो विषम परिस्थितिमा वार्ता र संवादमार्फत निकास दिनका लागि सम्माननीय राष्ट्रपतिज्यूले लिनुभएको पहलकदमीको स्वागत गर्दै सबै पक्षसँग आवश्यक परामर्श गरी “नेपालको संविधान–२०७२ “को रक्षार्थ संवादबाट नै समाधान खोज्न आग्रह गर्दछु ।
नेपाली सेना लगायत सबै सुरक्षा निकायहरूले शान्ति सुरक्षा कायम गर्न आ–आफ्नो स्थानबाट गरिरहेको प्रयास र संवाद प्रक्रियालाई आम नागरिक, नागरिक समाज, संचार जगत, अन्तराष्ट्रिय समुदाय सबै तहबाट पनि साथ–सहयोगका लागि अपील गर्दछु ।”

Facebook Comments Box
TOP