स्याङ्जामा सुरक्षा भत्तामा दुई अर्ब खर्च

प्रकाश डोटेल/स्याङ्जा :
स्याङ्जामा आर्थिक वर्ष २०८१÷०८२ मा सामाजिक सुरक्षा भत्ता वापत झण्डै २ अर्ब खर्च भएको छ । जिल्लाका ११ पालिकाबाट भत्ता वापत १ अर्ब ८८ करोड ११ लाख ७७ हजार रुपैयाँ खर्च भएको हो । सामाजिक सुरक्षा शिर्षकमा सरकारले रकम उपलब्ध गराउँदै आएको छ ।
५ नगरपालिका र ६ गाउँपालिका मध्ये नगरपालिकाहरु तर्फ सामाजिक सुरक्षा भत्तामा १ अर्ब १५ करोड २२ लाख ५६ हजार खर्च भएको छ । ६ गाउँपालिकामा ७२ करोड ८९ लाख २१ हजार रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख थमनारायण अर्यालले बताए ।
यस अवधिमा नगरपालिका तर्फ सबैभन्दा बढि पुतलीबजारमा २९ करोड १८ लाख ४२ हजार खर्च भएको छ भने सबैभन्दा कम फेदीखोला गाउँपालिकामा खर्च भएको छ । फेदीखोलामा आव २०८१÷०८२ मा ९ करोड ९५ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ ।
नगरपालिका तर्फ वालिङमा २८ करोड ७० लाख ४ हजार, गल्याङ्मा २३ करोड ६७ लाख ९६ हजार, भीरकोटमा १७ करोड ४३ लाख १५ हजार, चापाकोटमा १६ करोड २२ लाख ९७ हजार सामाजिक सुरक्षा भत्ता खर्च भएको हो ।
यस्तै, गाउँपालिका तर्फ सबैभन्दा धेरै बिरुवामा १४ करोड ५२ लाख ६८ हजार, कालीगण्डकीमा १३ करोड ७ लाख ४७ हजार, आँधीखोलामा १२ करोड ७३ लाख ५२ हजार, हरिनासमा ११ करोड ८० लाख १४ हजार, अर्जुनचौपारीमा १० करोड ७९ लाख ८० हजार र फेदीखोलामा ९ करोड ९५ लाख ५८ हजार खर्च भएको कार्यालयले जनाएको छ ।
सरकारले ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, ज्येष्ठ नागरिक एकल महिला, विधवा, असहाय एकल महिला, पूर्ण अपाङ्गता भएका, अति अशक्त, लोपोन्मुख जातिलगायतलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ ।
समाचार
थप सामाग्री
गरिमा विकास बैंकद्वारा मोबाइल बैंकिङ एपमार्फत भर्चुअल क्रेडिट कार्ड सेवा सुरु
२ हप्ता अगाडि
काठमाडौं : गरिमा विकास बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘गरिमा डिजि बटुवा’मार्फत नेपालको आफ्नै भर्चुअल क्रेडिट कार्ड सेवा सुरु…