मादक पदार्थ सेवन गरी दुई समूहबीच विवाद र कुटपिट हुँदा एकको मृत्यु ।

death

 

रूपन्देही:
तिलोत्तमा नगरपालिका-९ केवलानीस्थित एक रेष्टुरन्टमा दुई समूहबीच आपसी विवाद एवम् कुटपिट हुँदा एक युवकको मृत्यु भएको छ। मकवानपुर हेटौंडा बस्ने २५ वर्षीय सुरेश स्याङतानको सोमबार राति मृत्यु भएको हो ।

मादक पदार्थ सेवन गरी दुई समूहबीच विवाद भइ कुटपिट भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मंगलापुर र ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले सुरेश सहित ४ जना घाइतेलाई उपचारको लागि मेडिकल कलेज भैरहवा पठाएकोमा सुरेशको उपचारको क्रममा मृत्यु भएको हो । घाइतेमध्ये अर्का १ युवाको पनि अवस्था गम्भीर रहेको छ ।

प्रहरीले कुटपिटमा संलग्न नुवाकोट लिखु गाउँपालिका-४ बस्ने १९ वर्षीय रोमन तामाङ सहित आठ जनालाई पक्राउ गरेको छ। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।

 

Facebook Comments Box
TOP