स्याङजाली परिवार रुपन्देहीको अध्यक्षमा टिकिसरा बस्याल
बुटवल, फागुन २८ :
स्याङजा जिल्लाका बिभिन्न स्थानबाट रुपन्देही आई बसोवास गर्नेहरुलाई संगठित गर्ने उदेश्यले स्थापना गरिएको संस्था स्याङजाली परिवार रुपन्देहीको अध्यक्षमा टिकिसरा (लक्ष्मी)बस्याल चयन भएकी छन्।
आज सम्पन्न आठौ साधारण सभा तथा पांचौं अधिवेशनले बस्यालको नेतृत्वमा नया कार्यसमिती निर्विरोध चयन गरेको हो।
अधिवेशनले संस्थाको बरिष्ठ उपाध्यक्षमा बिष्णु प्रसाद मरासीनी,उपाध्यक्षमा झल बहादुर गुरुङ, महासचिवमा हुमाकान्त न्यौपाने(सुदीप)लाई चयन गरेको छ भने सचिवद्धयमा नगेन्द्र बस्याल र बिश्ववन्धु न्यौपाने तथा कोषाध्यक्षमा जनक श्रेष्ठलाई चयन गरेको छ।
त्यसैगरी परिवारको सदस्यहरुमा शेर बहादुर खत्री, टिकाराम अधिकारी महेश्वर शर्मा, हरि बिश्वकर्मा राजु प्रसाद ढकाल,दण्ड प्रसाद गैरे,टंक प्रसाद सुवेदी र प्रभा अर्याललाई निर्विरोध चयन गरेको प्रमुख निर्वाचन अधिकृत प्रकाशबन्धु रेग्मीले बताए।
यसअघि अधिवेशनको उदघाटन गर्दै जिल्ला समन्वय समिती रुपन्देहीका संयोजक उमाकान्त चपाईले संस्था स्थापना मात्रै महत्वपुर्ण नहुने बताउदै संस्थालाई उदेश्य अनुरुपको बाटोमा डोर्याउनु संस्थाका हरेक सदस्यहरुको दायित्व भएको बताए।
अध्यक्ष बिना गुरुङको अध्यक्षता तथा महासचिव बिष्णु मराशिनीको सन्चालनमा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख, खेलराज पाण्डे, तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खांण, अधिवक्ता शिव गौडेल, राम प्रसाद बस्याल खेमराज रेग्मी,दिनेश पाण्डे,गिता अधिकारी लगायतले बोल्दै संस्थाको सदस्य र संस्थाको हितलाई सर्बोपरी ठानेर अगाढी बढन सुझाव दिएका थिए।
कार्यक्रममा स्याङजाबाट रुपन्देही आई बसोवास गरेका सदस्य र परिवार मध्ये ८४ बर्ष नाघेका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो। samayachakra.com
समाचार
थप सामाग्री-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
४ दिन अगाडि
काठमाडौं । प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘गुरुआमा’ को औपचारिक प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण…


