साढे आठलाख रूपियाँ जरिवाना, १९ सय लिटर पेट्रोल नष्ट

स्याङ्जा, चैत ८ गते । पेट्रोलमा मिसावट गरी बिक्री बितरण गर्ने पुतलीबजार ३ मजुवाको नेपाल आयल नेपाल पेट्रोल्यूव सप्लायर्स प्रालिलाई जरिवाना गरिएको छ । पेट्रोलमा मिसावट गरी बिक्री गर्ने सञ्चालक तथा कर्मचारीलाई जरिवाना र पेट्रोल नष्ट गरिएको हो ।
मिसावट गरी पेट्रोल बिmक्री बितरण गर्ने पम्पका सञ्चालक कृष्ण प्रसाद शर्मा, जनकराज शर्मा, भगवती (रेग्मी) शर्मा र सम्झना शर्मा नेपाललाई जनही एक लाख ८० हजार र कर्मचारी सुवास क्षेत्रीलाई एक लाख गरी आठ लाख २० हजार जरिवाना गरिएको हो ।
यस्तै, मिसावट गरी बेच्नको लागि उक्त समयमा तयार एक हजार ९१८ लिटर पेट्रोललाई डोजरको माध्यमबाट खाल्टो खनी नष्ट गरिएको हो ।
यस्तै, अपराध पीडित राहत कोषमा संचालक चार जनाबाट जनही सात हजार दुई सय र कर्मचारी क्षेत्रीबाट चार हजार गरी ३२ हजार आठ सय जरिवाना गरिएको हो ।
ल्याव परिक्षणबाट पेट्रोलपम्पमा मिसाबट गरी कम्सल पेट्रोललाई असल र राम्रो पेट्रोल हो भनी झुक्याई बिक्री बितरण गरेकाले कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा ६ अनुसार नगद जरिवाना र पेट्रोल नष्ट गरिएको हो ।
पेट्रोल्यूव सप्लायर्सबाट पेट्रोल भरी चलाइएका सवारी साधनहरुमा अचानक स्टार्ट नहुने समस्या देखा परेपछि जिल्ला प्रशासन कार्यालयले गत पुष २७ गते पेट्रोल्यूव सप्लायर्स शिल गरेको थियो ।
पेट्रोल पम्प शिल गरेपछि पुष २८ गते नेपाल आयल निगम प्रादेशिक कार्यालय पोखराको टोलीले पेट्रोलको नमूना संकलन गरी परीक्षणको लागि पठाइएको थियो ।
ल्याब परीक्षणमा पेट्रोलमा हुनुपर्ने गुणस्तर कायम नभएको भन्ने व्यहोराको परीक्षण प्रतिवेदन प्राप्त भएपछि जिल्ला प्रशासनले बेच बिखन गर्ने कार्यमा संलग्नलाई कानून बमोजिमको कारवाही गरिएको प्रमुख जिल्ला अधिकारकी शशिधर घिमिरले बताउनुभयो ।
नेपाल आयल निगमबाट पेट्रोल भण्डारण र बिक्री बितरण गर्न पम्प उपयुक्त भएको प्रमाणित भएपछि एक दुई दिनमा पम्प खुल्ने घिमिरेले बताउनुभयो ।
पेट्रोलपम्पको प्रारम्भिक परीक्षणबाट डिजलको अवस्था समान्य देखिएपछि डिजल भने सोही समय बिक्री गर्न दिएको थियो ।
पेट्रोल्यूव सप्लायर्सले पेट्रोलमा नियतबस नभई झुक्किएर डिजेल मिसिएको स्विकार गरेको छ । Gorkhapatra online
समाचार
थप सामाग्री
शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै ज्ञापन
१ हप्ता अगाडि
भवानी अधिकारी, स्याङ्जा ९ जेठ : मानवअधिकार तथा शान्ति समाज जिल्ला कार्य समिति स्याङ्जाले नक्कली भुटानी शरणार्थी प्रकरणका मुल दोषीहरुमाथि…